टिक टक बनाउन बेलबारी भाईरल भएपछि भिड हटाउन प्रहरी बोलाइयो – Satabdi News

टिक टक बनाउन बेलबारी भाईरल भएपछि भिड हटाउन प्रहरी बोलाइयो

बेलबारी मोरङ्ग। आज बेतना सिमसार देखि १०० मिटर पूर्व राजमार्ग दक्षिण एउटा अचम्मको दृश्य देखियाे जहाँ मानिसहरुकाे ठुलो भिड लागेको थियाे। त्यहा न केही कार्यक्रम थियो ,नत कुनै खेल भएकाे थियो तरपनि युबा युवतीहरुको ठुलो भिड जम्मा भएको थियो। सबैको हातमा मोबाइल अनि गाना बजाउदै टिक टक बनाउन व्यस्त थिए। हा हा र हुई हुई गर्दै युबा युवती हो-हल्ला गर्दै थिए।

त्यतिकै बेला प्रहरीहरु आए र स्थानीय बासि र प्रहरीहरु मिलेर सबैलाई लखेटे। खास कुरो के रहेछ भने केहि दिन अगाडी त्यहा केहि जोडी युबा-युवतीहरुले जडी बुटीको बिरुवाको हरियो सिनमा टिक टक बनाएर सामाजिक संजालमा हालेपछि ति भिडिओहरु देश विदेशमा भाइरल भएका थिए। भिडिओ भाइरल भए संगै युबा युवतीहरुको ठुलो भिड उक्त स्थानमा टिक टक बनाउन जम्मा भएको हो। उक्त भाइरल भएको स्थान बेलबारी नगरपालिका वार्ड न ४ मा रहेको बनको जग्गामा जडिबुटी तथा प्रशोधन केन्द्रले लगाएको जडिबुटीको बिरुवा रहेको स्थान हो । त्यो जडिबुटी हेरचाह गर्न राखिएको कर्मचारीहरुले जडिबुटीको बिरुवा नाश हुन्छ भनि भिडलाई हटाउन खोज्दा युबा युवतीहरुले अटेरी गरेपछि पुलिशलाई बोलाउन बाध्य भएको थियो।

पुलिश र स्थानिय बासिहरुले बल्ल बल्ल भिड नियन्त्रण गरेको थियो र जडीबुटीको बिरुवा मासिनबाट बचाउन सफल भएको थियो।उक्त जडी बुटीबाट प्रशोधन गरि औषधिहरु बनाउने तेल निकाल्ने गर्छन जुन रु १००० प्रति किलो सम्म मूल्य पर्छन एक स्थानीयले सताब्दी न्युजलाई बताए। स्थानीय बासिहरु पहिले पहिले बाली नाली बचाउन बादरहरु खेदाएको अहिले अब मानिसहरु खेदाउन परेको भन्दै अचम्मित मान्दै थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "टिक टक बनाउन बेलबारी भाईरल भएपछि भिड हटाउन प्रह..." A few seconds ago

सम्बन्धित खवर