४० औ नेपाल मगर एकता दिवस बेलबारीमा अनौपचारिक कार्यक्रम गरि मनाए – Satabdi News

४० औ नेपाल मगर एकता दिवस बेलबारीमा अनौपचारिक कार्यक्रम गरि मनाए

 

४० औ नेपाल मगर एकता दिवस नेपाल मगर संघ बेलबारी नगर समितिले बेलबारी वार्ड न ३ टुक्रे बजारमा रहेको आफ्नो धार्मिक बनमा मनाएका छन। बेलबारीमा छरिएर रहेको मगर समुदायलाई मगरको हकहित, विकास र एकताको लागि एकजुट गराउने उधेश्यले सबै एक ठाऊमा भेला भई मगर एकता दिवसको सुभकामना आदान प्रदान गर्दै नेपाल मगर संघ बेलबारीले कार्यक्रम सम्पन्न गरेको छ।

केन्द्रिय समितिका पुर्व अध्यक्ष तथा वर्तमान संरक्षक झक बहादुर थापा मगरको यहि मिति २०७८ फागुन ११ गते असामयिक निधन भएकोले हाम्रो सिङ्गो मगर समुदायलाई अतुलनीय क्षती पुगेको र मर्माहत बनाएको हुदा उहाको मृत आत्माको चीर शान्तिको कामना र सम्मानमा एक मिनेट मौन धारण गरि केन्द्रको निर्देशन अनुसार बृहत औपचारिक कार्यक्रम नगरी अनौपचारिक कार्यक्रम गरि मनाएको नगर सचिब अमिर मगरले सताब्दी न्युजलाई बताए।

कार्यक्रममा म्युजिकल चेयर र छेलो खेल खेलाइएको थियो भने अन्त्यमा हुर्रा नाच पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा बोल्दै नेपाल मगर संघ बेलबारी नगर अध्यक्ष केशब थापा मगरले नेपालको जेष्ठ जातीय सस्था नेपाल मगर संघ भएको बताए। बि स २०३९ साल फाल्गुन १५ गते बिभिन्न ठाउँमा छरिएर रहेको मगरहरुलाई एक बनाउने उद्देश्यले सस्थापक अध्यक्ष स्व हेम बहादुर पुनको नेतृत्वमा नेपाल मगर संघ विधिवत रुपमा दर्ता भएकोले यस फाल्गुन १५ गते लाई मगर दिवस साथै मगर एकता दिवस को रुपमा मनाउदै आएको बताए। बि स २०४० साल बैशाख ३१ गते नेपाल मगर संघको केन्द्रिय कमिटिको बैठकबाट फाल्गुन १५ गते लाई विधिवत रुपमा मगर एकता दिवस मनाउने निर्णय गरीए संगै प्रत्येक बर्ष मगर एकता दिवस मनाउदै आएको पनि बताए। यस मगर एकता दिवसमा देशको बिभिन्न ठाउमा मगर समुदायहरु भेलाभई सास्कृतिक कार्यक्रम सहित मनाउने , सुभकामना आदान प्रदान गर्ने गर्छन। मगर समुदायको बाहुल्यता भएको ठाऊ हरुमा नेपाल सरकारले सार्बजनिक छुट्टी पनि दिने गरेको अध्यक्ष केशब थापा मगरले बताए। नेपाल मगर संघले मगर समुदायको भाषा कला सस्कृति र पहिचानको प्रवद्धन गर्दै अब नेपाल मगर संघले शिक्षा,राजनैतिक प्रतिनिधित्व र सम्वृद्धिको नारा सहित अगाडी बढेको पनि बताए।

कार्यक्रममा नेपाल बौद्ध गुम्बा प्रवद्धन तथा समरक्षण समितिका केन्द्रिय समिति सदस्य महेन्द्र जंङ्ग तामाङ्ग ,आदिबासी जनजाती महासंघ बेलबारी नगर समितिका अध्यक्ष तिलक राई,नेपाल मगर संघ मोरंग जिल्ला सदस्यद्वय शर्मिला मगर,मेखराज एक्चाई मगर,नेपाल मगर संघ बेलबारी नगर सल्लाहकार चन्द्रकला एक्चाईमगर,शेर बहादुर खपांगीमगर,शेखर थापामगर,शम्भु एक्चाईमगर,होम पिथाकोटेमगर,मगर बौद्ध गुम्बा बेलबारी नगर उपाध्यक्ष नैंन ब. समालमगर,नेपाल मगर संघ वार्ड न १० का अध्यक्ष मछिन्द्र थापामगर,नेपाल मगर संघ वार्ड न १ का अध्यक्ष मणि पुलामी मगर,नेपाल मगर युवा संघ बेलबारीका अध्यक्ष सन्तोष मगर , नेपाल तमु बुद्धिस्ट गुम्बा बेलबारी नगर समितिका अध्यक्ष रण बहादुर गुरुङ,नमो बुद्धिस्ट गुम्बा बेलबारी नगरका अध्यक्ष कमल गुरुङ,किरात यायोखा बेलबारीका कोषाध्यक्ष तिलक सम्पांङ्ग राई, तामांग धेदुंङ्ग संघका प्रतिनिधि सन्तोष तामांङ्ग लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "४० औ नेपाल मगर एकता दिवस बेलबारीमा अनौपचारिक का..." A few seconds ago

सम्बन्धित खवर