के जसपा फुटको संघारमा पुगेको हो ? – Satabdi News

के जसपा फुटको संघारमा पुगेको हो ?

जसपा केस पुर्ण बस्नेत

१० फागुन, काठमाडौ । यतिबेला जनता समाजबादी पार्टी नेपालको राष्ट्रिय मुद्दाको बिषय MMC र कार्यकारी ३ अध्यक्षको बिषयलाई लिएर पार्टी फुटने सम्भावना देखिएको छ । यसै बिषयलाई लिएर जसपा ११ मै फुट्ने, पुर्व नयाँ शक्तिकहरुले बोलाए भेला जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जसपा फुटाउन र एमसीसीबारे निर्णय गर्न पूर्व नयाँ शक्तिकाहरुले फागुन ११ गते भेला बोलाएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक संजाल फेसबुक मार्फत उनले उक्त कुरा लेखेका हुन् । पार्टी फुटको संघारमा पुगेको बेला एक पक्षले अर्को पक्षमाथि आरोप प्रत्यारोप गरिरहेको बेला बस्नेतले उक्त कुरा लेखेका हुन् । उपेन्द्र यादवले फागुन १३ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् भने बस्नेतले ११ गते नै पार्टी फुट्ने भनि स्टाटस राखेपछि जसपा फेरी एकपटक तरंगित बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "के जसपा फुटको संघारमा पुगेको हो ?" A few seconds ago

सम्बन्धित खवर