चोरीमा संलग्न २ जना पक्राउ; थप अनुसन्धानको लागि म्याद जारी – Satabdi News

चोरीमा संलग्न २ जना पक्राउ; थप अनुसन्धानको लागि म्याद जारी

९ फागुन, बेलबारी । गत माघ १८ गते रातको समय सुन्दरहरैचा नगरपालिका वडा नं.-९ विराटचोक स्थित सुर्य कट्टेलको किराना पसलबाट NCELL को रिचार्ज कार्ड, अन्य किराना मालसामान गरी अन्दाजी १ लाख ५० हजार बराबरको सामान चोरी भएको थियो ।

चोरेर फरार रहेका जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ बस्ने बर्ष २१ को रोहित भण्डारी र जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६ बस्ने बर्ष २७ को दिलिपलाई इलाका कार्यलय बेलबारीबाट खटिएको प्रहरी टोलीले अन्दाजी रू ४९ हजार ८ सय बराबरको NCELL को रिचार्ज कार्ड र नगद रू २५ हजार सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको कुरा ईलाका कार्यलय बेलबारीले शताब्दी न्युजलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चोरीमा संलग्न २ जना पक्राउ; थप अनुसन्धानको लागि..." A few seconds ago

सम्बन्धित खवर