प्रदेश १ सरकार प्रदेशको नाम बारेमा सर्वदलीय बैठकको आह्वान – Satabdi News

प्रदेश १ सरकार प्रदेशको नाम बारेमा सर्वदलीय बैठकको आह्वान

 

विराटनगर । प्रदेश नंं. १ को नामकरणको लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ ।  यसअघि प्रदेश नं. १ सरकारले बनाएको समितिका तर्फबाट नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न सर्वदलीय बैठकको आह्वान गरिएको हो ।

गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन मन्त्री जयराम यादवलाई प्रदेश नं. १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न जिम्मा लगाएको थियो । मन्त्री यादव र मुख्यमन्त्री राजेन्द्रकुमार राई सहितको बैठकले प्रदेशको नाम टुंगो लगाउने प्रक्रिया अघि बढाउन लागेको हो । बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी थिए ।

बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट सर्वसम्मतीले प्रदेश नं. १ को नाम प्रस्ताव गरिने समन्वय तथा सहजीकरण समितिका प्रमुख जयराम यादवले जानकारी दिए । गठबन्धन भित्रका दलहरुको सहमतीबाट प्रदेशको नाम ल्याउने तयारी भएको उनले बताए ।

मन्त्री यादवले प्रदेश नं. १ को नामकरण सम्बन्धमा फागुन १० गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको सर्वदलीय बैठक डाकिएको जानकारी दिए । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तिनै दलहरूका प्रदेश कमिटी अध्यक्ष÷सभापति, सरकारका सबै मन्त्रीहरू सहभागी हुने मन्त्री यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश १ सरकार प्रदेशको नाम बारेमा सर्वदलीय बैठ..." A few seconds ago

सम्बन्धित खवर