दोस्रो योङ्ग स्टार खुल्ला नक-आउट फुटबल प्रतियोगिता २०७८ को उपाधि युनिक महादेव एफ.सी बेलबारीले चुमे – Satabdi News

दोस्रो योङ्ग स्टार खुल्ला नक-आउट फुटबल प्रतियोगिता २०७८ को उपाधि युनिक महादेव एफ.सी बेलबारीले चुमे

२९ माघ, बेलबारी । बेलबारीको एम्ब्रियो खेल मैदानमा दोस्रो योङ्ग स्टार खुल्ला नक-आउट फुटबल प्रतियोगिता–२०७८ को फाईनलसंगै खेल आजदेखी प्रतियोगिता कार्यक्रम सकिएको छ । आज भएको फाइलन खेलमा युनिक महादेब एफ.सी बेलबारी र लेटाङ एफ.सी. बिच कडा प्रतिस्पर्धात्मक खेलको साथ नक-आउट फुटबल प्रतियोगिता सकिएको हो ।

खेल शुरु भएदेखी नै दर्शकहरुले खेलाडीहरुको मनबल बढाउनको लागि र आफुलाई मनपर्ने खेलाडीहरुको हुटिङ खेलको अन्तिम समयसम्म गरिरहेको थियो । खेलको पहिलो हाफको १८ औं मिनेटमा लेटाङ एफ.सी जर्सी नं. ९ का खेलाडी मणि राईले गोल गर्दै लेटाङले खाता खोलेका थिए । १ गोल खाएका युनिक महादेबलाई बराबरीमा ल्याउन निकै हम्मे परेको थियो । पहिलो हाफको अन्तिम खेल समय सम्ममा लेटाङ एफ.सी.ले १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफको खेल शुरु भएदेखि नै दर्शकले बारम्बार युनिक महादेबको खेलाडी सनम भुजेलको नाम लिईरहेको थिए । निकै संर्घषपुर्ण र कडा प्रतिस्पर्धात्मक खेलको ३० औं मिनेटमा युनिक महादेबको जर्सी नं १० सनम भुजेल १ गोल गरि खेल बराबरी भएको थियो । खेल बराबरी भए पछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरको खेलमा लेटाङ एफ सीलाई हराउँदै दोस्रो योङ्ग स्टार खुल्ला नक-आउट फुटबल प्रतियोगिता २०७८ को उपाधि युनिक महादेब एफ.सीले चुमेको हो । यो संगै युनिक महादेब एफ.सी.ले नगद ५१,१५१, मेडल र ट्रफी प्राप्त गरेको छ भने उपबिजेता लेटाङ एफ.सीले नगद ३१,१३१, मेडल र ट्रफी हात पारेको छ ।

आज भएको खेलमा बिभिन्न टाईटलमा निम्न प्रकारको खेलाडीहरु पुरुस्कृत भएका छ्न;
१.म्यान अफ द म्याच जर्सी नं २ इसान कोईराला (युनिक महादेब)
२.टप स्कोर जर्सी नं. १० सनम भुजेल (युनिक महादेब)
३.बेस्ट गोल किपर जर्सी नं. १६ मुस्कान लिम्बू (युनिक महादेब)
४. बेष्ट डिफेन जर्सी नं. ५ गोपाल भुजेल (युनिक महादेब)
५. बेष्ट मिडफिल्ड जर्सी नं. १२ यमन मगर (लेटाङ एफ.सी))
६. बेष्ट कोच आमोस मगर (युनिक महादेब)
७. बेष्ट प्लेयर अफ टुर्नामेन्ट जर्सी नं. एनोस मगर (युनिक महादेब)
८. बेष्ट फरवार्ड जर्सी नं. १५ एनीमेस श्रेष्ठ ( लेटाङ एफ.सी)

आजको फाइनल खेलको कार्यक्रमको प्रमुख अतिथि बेलबारी नगरपालिकाको उपप्रमुख ढाका कुमारी पराजुली रहनु भएको थियो भने अन्य अतिथिहरुमा वडा नं ९ वडा अध्यक्ष नगेन्द्र खडका, नेपाली काग्रेस नेतृ नीतु थापा कोईराला, नेपालेर काग्रेस महिला नेतृ रुक्मणी धिमाल, नेकपा एमाले नगर सचिब शंकर गुरुङ, पुर्ब युवा संघ केन्द्रीय उपाध्यक्ष रबिन थापा, खस क्षेत्री समाज केन्द्रीय उपाध्यक्ष प्रताप थापा, सिंहदेबी सामुदायिक बन उपभोक्ता समिती अध्यक्ष सम्मर तामाङ आदिको सहभागी रहेको थियो । आज भएको खेलमा कार्यक्रम संचालक प्रेम गुरुङले गरेका थिए, भने खेल संयोजक सुरज कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दोस्रो योङ्ग स्टार खुल्ला नक-आउट फुटबल प्रतियोग..." A few seconds ago

सम्बन्धित खवर