११ घन्टाको लामो प्रयास पछी मनषा थाइफुड्स प्रालिमा लागेको आगो नियन्त्रण – Satabdi News

११ घन्टाको लामो प्रयास पछी मनषा थाइफुड्स प्रालिमा लागेको आगो नियन्त्रण

२९ माघ, काठमाडौ । झापाको मेचीनगर -१४ मा रहेको मनषा थाइफुड्स प्रालि (मगमग चाउचाउ उद्योग)मा लागेको आगो ११ घन्टा पछिको समयमा नियन्त्रणमा आएकाे छ । शनिबार बिहान ४ बजेदेखि लागेको आगो बाहिरी नियन्त्रणमा आए पनि भित्रको आगो नियन्त्रणमा आएको कुरा प्रहरीले जनाएको थियो ।

आगो लाग्न शुरू भएको ११ घण्टापछि बाहिरपट्टिको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । उद्योग भित्र रहेका सबै सामान जलेर नष्ट भएको उत्पादित सामाग्री समेत जलेको प्रहरीले जनाएको छ । उद्योगको ग्यास प्लान्ट र मुख्य प्लान्टलाई भने जोगाउन सकिएको प्रहरीले जनाएको छ ।

‘ती प्लान्ट विस्फोट भएको भए सिङ्गो गाउँमै असर पर्ने थियो,’ प्रवक्ता पाठकले भने, ‘तर त्यसो हुन नदिन निरन्तर ५/६ वटा दमकलाई प्लान्ट केन्द्रित गर्दा जोखिम टरेको छ ।’

आगो नियन्त्रणमा लिन झापा, मोरङ, सुनसरी , इलाम लगायत स्थानबाट दमकल पुगेका थिए । आगलागीबाट भएको क्षतिको विवरण आई नसकेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "११ घन्टाको लामो प्रयास पछी मनषा थाइफुड्स प्रालि..." A few seconds ago

सम्बन्धित खवर