पथरी एफ.सीलाई १-० को अन्तरमा हराउदै लेटाङ एफ.सी पुगे फाईनलमा – Satabdi News

पथरी एफ.सीलाई १-० को अन्तरमा हराउदै लेटाङ एफ.सी पुगे फाईनलमा

२७ माघ, बेलबारी । दोस्रो योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता– २०७८ को सेमीफाईनल खेल भब्यता साथ सम्पन्न भएको छ । आज भएको खेलमा लेटाङ एफ.सी र पथरी -११ एफ.सी बिच कडा प्रतिस्पर्धात्मक खेलको साथ फुटबल खेल सकिएको छ ।

एम्ब्रियो खेल मैदानमा भईरहेको कालो जर्सी लेटाङ र रातो जर्सी पथरीको खेल हेर्न दर्शकहरुको सहभागीता भने निकै उत्साहजनक देखिएको थियो । खेल शुरु भएदेखी आ-आफ्नो क्लाबको स्पोर्टमा दर्शकहरु हुटिङको साथ कराई राखेका थिए । खेलको पहिलो हाफको १२ औं मिनेटमा कालो जर्सी अर्थात लेटाङ एफ.सीका जर्सी नं. १३ खेलाडी सुमन मगर १ गोल गरि खेललाई रोमाञ्चक बनाएको थिए । पहिलो हाफमा १ गोल खाएका पथरी-११ एफ.सी. का खेलाडीहरुलाई गोल बराबरीमा फर्काउन निकै ककस परेको थियो । पहिलो हाफको मध्यानतर सम्म १-० को अन्तरमा खेल सकिएको थियो ।

खेलको दोस्रो हाफमा दुबै टिमहरु सशक्त रुपमा मैदानमा उत्रिएका थिए । लेटाङ एफ.सीबाट पथरी -११ एफ.सी १ गोल खाएका कारण बढी मात्रमा पथरीका खेलाडीहरु आक्रमक रुपमा लेटाङलाई गोल लगाउन प्रयास गरिरहेका थिए । खेलको अन्तिम समयसम्म दुबै टिमहरु कडा रुपमा खेलेपनि कसैले गोल गर्न सकेनन् । अन्ततः १२ औं मिनेटमा गोल गरेका लेटाङका खेलाडी सुमन मगरको गोल नै फाइनलको रुपमा लेटाङ एफ.सी भएको हो । म्यान अफ द म्याच लेटाङका खेलाडी सुमन मगर घोषित भएका थिए भने खेलको मुख्य रेफ्रीको रुपमा संजित धिमालले भुमिका निर्बाह गरेका थिए ।

बेलबारीको एम्ब्रियो खेल मैदान भोलि हुने फाइलन खेलमा युनिक महादेब एफ.सी बेलबारी र लेटाङ एफ.सी. बीच हुने भएको छ । मोरङ, बेलबारी वडा नं ८ को एम्ब्रियो खेल मैदानमा भईरहेको नक-आउट फुटबल प्रतियोगिता हेर्ने दर्शकहरुको चाप र उत्साहजनक सहभागीताले थप खुशी र उर्जा मिलेको खेल संयोजक सुरज कार्कीले शताब्दी न्युजलाई बताएका छ्न ।

आजको कार्यक्रमको प्रमुख पुर्ब राष्ट्रिय खेलाडी संजीब बुढाथोकी रहनु भएको थियो अन्य अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ बेलबारी नगर अध्यक्ष तिलक राई, बेलबारी जेसिस अध्यक्ष नबराज सुवेदी, बेलबारी वडा नं. १० वडा सदस्य जोगेन्द्र धिमाल, जब बहादुर बिष्ट, समाजसेबी प्रशान्त निरौला समेतको सहभागीता रहेको थियो । आज भएको खेलमा कार्यक्रम संचालक सनम खतिवडा (राजा) ले गरेका थिए भने खेल संयोजक सुरज कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पथरी एफ.सीलाई १-० को अन्तरमा हराउदै लेटाङ एफ.सी..." A few seconds ago

सम्बन्धित खवर