नेकपा एकीकृत समाजबादीले एमसीसीको विरुद्ध फागुन १ गते मुलुकभर बिरोध गर्ने – Satabdi News

नेकपा एकीकृत समाजबादीले एमसीसीको विरुद्ध फागुन १ गते मुलुकभर बिरोध गर्ने

२७ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमसिसीको सम्भौताको बिरोध गर्दै फागुन १ गते मुलुकभर प्रदर्शन गर्ने भएको छ ।

बुधबार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले देशभरी प्रदर्शन गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार फागुन १ गते दिउसो २ बजे प्रदर्शन समय निर्धारण गरिएको छ । एकसाथ हुने एमसिसीको बिरोध प्रदर्शनमा पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई तयारीमा जुट्न निर्देशन दिने बैठकले निर्णय गरेको मोर्चा संगठनका प्रमुख विजय पौडेलले बताएका छन् ।

सरकारले आगामी फागनु २ गते बस्ने संसदको बैठकबाट एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको छ । अमेरिकाले पनि एसिसीबारे चाँडो निर्णय दिन नेपाल सरकारलाई दबाव दिइरहेको छ ।

यथाशिघ्र एमसिसी पास नगरे फिर्ता लैजाने अमेरिकाले सरकारलाई बताउदै आएको छ । एमसिसीको बिरोध नेपालमा जनस्तरबाटै भइरहेको छ । साथै बुधबार काठमाडौंमा सात दलले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेकपा एकीकृत समाजबादीले एमसीसीको विरुद्ध फागुन ..." A few seconds ago

सम्बन्धित खवर