युनिक महादेब एफ.सीले तालतलैया इटहरीलाई हराउदै पुगे दोस्रो योङ्ग स्टारको फाइलमा – Satabdi News

युनिक महादेब एफ.सीले तालतलैया इटहरीलाई हराउदै पुगे दोस्रो योङ्ग स्टारको फाइलमा

२६ माघ, बेलबारी । दोस्रो योङ्ग स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता – २०७८ को सेमीफाइनलको खेल सनसनीपुर्ण तरिकाबाट सम्पन्न भएको छ । युनिक महादेव एफ.सी बेलबारी र तालतलैया फुटबल क्लब इटहरी बिच खेल निकै रोमान्चक र कडा प्रतिस्पर्धात्मक खेलको साथ सम्पन्न भएको छ ।

आज भएको रोमान्चक प्रतिस्पर्धात्मक खेलको ३ मिनेटमा ताल तलैया फुटबल क्लब इटहरीको खेलाडी जर्सी नं. ९ को सुमित चौधरीले पहिलो गोल गरेका थिए । १ गोल खाएका युनिक महादेब एफ.सीले खेलको ८ औं मिनेटमा युनिक महादेबको खेलाडी जर्सी नं. ४ किरण लिम्बुले १ गोल गरि खेललाई बराबरी बनाएको थियो । निकै कडा प्रतिस्पर्धात्मक खेलमा उत्रिएका खेलाडीहरुले आफनै टीमलाई फाईलमा पुग्नको लागि दुबै टिमको खेलाडीहरु खरो रुपमा मैदानमा खेलेका थिए ।

खेलको १६ औं मिनेटमा युनिक महादेबका खेलाडी जर्सी नं. १० को सनम भुजेलले १ गोल गरेका थिए । २-१ अन्तरको खेल भईराख्दा खेलको ३० औं मिनेटमा युनिक महादेबको खेलाडी जर्सी नं. १० सनम भुजेलले पुर्ण १ गोल गरि ३-१ को अन्तरमा खेलको पहिलो हाफ सकिएको थियो ।

३-१ अन्तरमा भएको खेलको दोस्रो हाफमा तालतलैयालाई निकै दबाबको साथ मैदानमा उत्रिनु परेको थियो । दोस्रो हाफको ३० औं मिनेटमा ताल तलैयाको खेलाडी जर्सी नं. २८ का सिजल राई १ गोल गरेपछी खेल निकै रोमाञ्चक भएको थियो । फाईनलमा पुग्नको लागि ताल तलैयालाई २ गोल गर्नु पर्ने दबाब थियो, यस्तै महादेबलाई १ गोल गर्नु पर्ने आबस्यक थियो । तर खेलको अन्त्य सम्म कसैले गोल गर्न सकेनन् । अन्ततः ३-२ अन्तरमा ताल तलैया फुटबल क्लब इटहरीलाई हराउदै आयोजक युनिक महादेब एफ.सी बेलबारी फाइनलामा प्रबेश गरेको हो । म्यान अफ द म्याच २ गोल गरेका युनिक महादेबको खेलाडी जर्सी नं १० सनम भुजेल भएका थिए । खेलको मुख्य रेफ्रीको रुपमा सुबास पोख्रेल भुमिका निर्बाह गरेका थिए ।

आजको कार्यक्रमको प्रमुख अतिथि नेपाली काग्रेसको नेता राजकुमार लिम्बू थिए भने अन्य अतिथिहरुमा ने.का. वडा १ सभापति बाबुराम श्रेष्ठ, वडा नं.  सदस्य गीता गिरी, जसपको नेता देउमान लिम्बू, समाजसेवी मणीपुलामी मगर, कर्ण राई, हेम सुब्बा समेतको सहभागीता रहेको थियो । कार्यक्रम संचालक सनम खतिवडाले संचालन गरेका थिए संयोजक सुरज कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "युनिक महादेब एफ.सीले तालतलैया इटहरीलाई हराउदै प..." A few seconds ago

सम्बन्धित खवर