२५ माघ, बेलबारी । दोस्रो योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता – २०७८ को तेस्रो खेल सम्पन्न भएको छ । आज भएको खेलमा छतसा एफ.सी दमक -३ र पथरी -११ एफ.सी पथरी बिच कडा प्रतिस्पर्धात्मक खेलको साथ सम्पन्न भएको छ ।
मोरङ बेलबारी वडा नं ८ को एम्ब्रियो खेल मैदानमा भईरहेको दोश्रो योङ्ग स्टार ११ खुल्ला नक-आउट फुटबल खेलको पहिलो हाफमा पथरी ११ एफ.सी जर्सी नं ८ का बिशाल पाण्डेले १४ औं मिनेटमा पहिलो गोल गरि खाता खोलेका थिए । पहिलो गोल खाएका छ्तसा दमक एफ.सी. ले खेलको १६ औं मिनेटमा जर्सी नं १५ प्रबीन राईले गोल गर्दै टिमलाई बराबरीमा फर्काएका थिए । आज भएको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक भएको थियो ।
खेलको पहिलो हाफमा दुबै टोलिबाट १-१ गोल गरि मध्यान्तर भएको थियो । मध्यान्तर पछि दोस्रो हाफको १५ औं मिनेटमा पथरी ११ एफ.सी का जर्सी नं ११ का शउरे राउतले गरेको गोल निर्णयक बन्दै पथरी एफ.सी. सेमिफाइनलमा चुम्न सफल भएको हो । आज भएको खेलको म्यान अफ द म्याच शाउरे राउत घोषित भए । खेलको मुख्य रेफ्री बिक्की कार्कीले निर्बाह गरेका थिए ।
आजको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय युवा संघ पुर्ब केन्द्रिय उपाक्ष्यक्ष तथा मोरड जिल्ला नेकपा एमाले पार्टी कमिटी सदस्य रबिन थापा थिए भने अन्य अतिथिहरुमा एनआरआई सह-सचिब निरज ढकाल, समाजसेवी ज्ञानु राई, समाजसेवी बिकास लिम्बु, समाजसेवी गोपाल कार्कीको सहभागीता रहेको थियो भने खेल संयोजक सुरज कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।