स्थानीय निर्बाचानको लागि १ लाख म्यादी भर्ना गर्ने योजना – Satabdi News

स्थानीय निर्बाचानको लागि १ लाख म्यादी भर्ना गर्ने योजना

२५ माघ, काठमाडौ । स्थानीय तह निर्वाचनका लागी कम्तीमा १ लाख म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको आकलन रहेको छ । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारी भने –‘१ लाख म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव सहितको योजना गृह मन्त्रालयमा बुझाउने तयारी छ ।

एकै चरणमा देशभर चुनाव गर्दा धेरै म्यादी आवश्यक हुन्छ । धेरै चरणमा निर्वाचन गर्दा थोरै म्यादी प्रहरी भए सुरक्षा दिन सकिने प्रहरी प्रधान कार्यालयको विश्लेषण छ । स्थानीय तहको सुरक्षाका लागी नेपाल प्रहरी मानसिक रूपमा तयार रहेको र ‘ठोस योजना’ चुनावको घोषणापछि तयार गरिने प्रहरी प्रवक्ता विष्णु कुमार केसीले बताए ।

गृह मन्त्रालयले चुनावको सुरक्षाका लागी कत्ति खर्च लाग्छ भन्ने पनि आकलन गरिसकेको छैन । निर्वाचन आयोगले सुरक्षाका लागी मात्र करिब २५ अर्ब खर्च लाग्ने आँकलन गरेको छ । २०७४ मा दुई चरणमा गरेर स्थानीय तह निर्वाचन भएको थियो । सो निर्वाचनमा सरकारले २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरेको थियो ।

७५ हजार म्यादी प्रहरी त्यति वेला परिचालन गरिएको थियो । यसअघिको स्थानीय तह निर्वाचनमा सरकारले नेपाली सेनालाई बाहिरी घेरामा परिचालन गरेको थियो । पहिलो घेरामा प्रहरी र दोस्रोमा सशस्त्र प्रहरीलाई परिचालन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "स्थानीय निर्बाचानको लागि १ लाख म्यादी भर्ना गर्..." A few seconds ago

सम्बन्धित खवर