उपल्लो मुस्ताङको तापक्रम माइनस १५ डिग्री – Satabdi News

उपल्लो मुस्ताङको तापक्रम माइनस १५ डिग्री

२२ माघ, म्याग्दी । उपल्लो मुस्ताङको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ । खोला, धारा र कुवामा पानी जमेको छ । घरभित्रै बसेका सर्वसाधारणले हिउँ पगालेर पानी उपयोग गरेका छन्। चौँरी, भेडा र च्याङ्ग्रालाई सुक्खा घाँस खुवाएर गोठमै राखिएको छ ।

हिमपातका कारण मुस्ताङ र म्याग्दीको ग्रामीण क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी‍-जोमसोम र सदरमुकाम जोमसोमदेखि जिल्लाका पाँचवटै स्थानीय तह र वडाका केन्द्र जोड्ने सडक अवरुद्ध भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सडकमा हिउँ जमेपछि सवारी साधन आवतजावत हुन नसकेको बताए । ‘आन्तरिक र बाह्य यातायात सम्पर्क बिच्छेद भएको छ’, उनले भने, ‘हिउँ पर्न रोकिएपछि एक्जााभेटर परिचालन गरेर सडक खुलाउने योजना बनाएका छौँ।’

बेनी–जोमसोम सडकको लेते–जोमसोमखण्ड, जोमसोम–मुक्तिनाथ र कागबेनी–कोरला सडकमा यातायातका साधन नचलेकाले स्थानीयवासी, तीर्थयात्री र पर्यटक गन्तव्यमा पुग्न सकेका छैनन् । ढुवानी र बिकास आयोजनाको काम पनि ठप्प भएको छ ।

बिहीबार दिउँसोदेखि सुरु भएको हिमपात आज बिहान रोकिए पनि सबैतिर तीन फिट बाक्लो हिउँ जमेकाले जोमसोम विमानस्थलबाट हवाई उडान पनि हुन सकेको छैन । पहाडी बस्ती र डाँडा सेताम्मे भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "उपल्लो मुस्ताङको तापक्रम माइनस १५ डिग्री" A few seconds ago

सम्बन्धित खवर