दोश्रो योङ्गस्टार ११ खुल्ला नक्आउट फुटबल प्रतियोगिता ओमिक्रोंन भाईरसको कारण स्थगित – Satabdi News

दोश्रो योङ्गस्टार ११ खुल्ला नक्आउट फुटबल प्रतियोगिता ओमिक्रोंन भाईरसको कारण स्थगित

भाउन्ने , बेलबारी। दोश्रो योङ्गस्टार ११ खुल्ला नक्आउट फुटबल प्रतियोगिता – २०७८ खेल बेलबारी -८ ,गौथली चोक मोरंगमा हुने भनिएको खेल रद्द भएको छ।

कोरोन भाईरसको तेस्रो लहर ओमिक्रोंन भाईरसको बढ्दो संक्रमणले गर्दा खेल यहि माघ ९ गते देखि शुरुभई माघ १५ गते समापन गर्ने उद्देश्यले गर्न लागेको खेल संक्रमण खतरालाई मध्ये नजर गरेर रद्द गरिएको अध्यक्ष जोन राईले सताब्दी न्युजलाई बताए।

फुटबल प्रतियोगिता खेलको सबै तयारी भईसके पनी अन्तिम क्षणमा स्थानीय सरकारबाट खेल खेलाउन अनुमति नदिए पछि खेल बन्द भएको हो। अब कोरोना भाईरसको संक्रमण सामान्य भएपछि खेल संचालन हुने खेल संयोजक सुरज कार्कीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दोश्रो योङ्गस्टार ११ खुल्ला नक्आउट फुटबल प्रतिय..." A few seconds ago

सम्बन्धित खवर