बेलबारीको कुईनी पुल निर्माणमा भ्रष्टाचार भएको स्थानीयको गुनासो – Satabdi News

बेलबारीको कुईनी पुल निर्माणमा भ्रष्टाचार भएको स्थानीयको गुनासो

८ माघ, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ मा पर्ने कुईरी खोलामा निर्माण भएको फलामे पुल निर्माणका क्रममा ब्यापक अनियमितता भएको स्थानीय बासिन्दाहरुले आरोप लगाएका छन ।

सोही खोलामा पुल निर्माणका लागि संघिय सरकारको १० लाख बेलबारी नगरपालिकाको ७ लाख ४५ हजार र स्थानीय जनश्रमदानबाट १ लाख ५२ हजार गरी १८ लाख ९७ हजार रुपैयामा निर्माण भएको पुल निर्माण सम्पन्न नहुँदै निर्माण सम्पन्न भएको कागजपत्र तयार गरि रकम समेत निकासा भईसकेको छ । सो स्थानमा एकातिर खोला बगेको छ भने पुल अर्कैतिर निर्माण गरिएको छ ।

२०७८ साल असार ३ गते निर्माण शुरु भई असार २३ गते निर्माण सम्पन्न भएको भनिएको पुलमा सुचना पाटी समेत राखिएको छैन । कल्भर्ट निर्माण गरेजस्तो गरी करिब १ सय मिटरमा पर्खाल उठाएर त्यहिमाथि फलामको पुल हालिएको छ,तर खोला भएको ठाँउतिर भने पर्खाल समेत निर्माण भएको छैन । स्थानीय बासिन्दाहरु पुल निर्माणमा ब्यापक भ्रष्टाचार भएको तर कसैले आवाज उठाउन नसक्दा र सम्बन्धित क्षेत्रबाट अनुगमन नहुँदा कुईरी खोलाको पुल अलपत्र बनेको हो ।

बेलबारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनपति गौतम पुल निर्माणका बिषयमा आफुलाई जानकारी समेत नदिई पुल निर्माण गरेको र २ लाखको काम गरेर बाँकी रुपैया झवाम पारेको आरोप लगाउँछन । उनले सो पुल निर्माण गर्दा आफुलाई जानकारी समेत नदिई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले तोक आदेश दिई काम गर्न लगाएको र पुल निर्माणमा ब्यापक भ्रष्टचार भएको बताउँछन ।
सोही पुल निर्माण उपभोत्ता समितिका अध्यक्ष बिद्यापति अधिकारी भने पुल निर्माणमा अनियमितता नभएको पुल निर्माण सम्पन्न गरी बजेट समेत निकासा भईसकेको र नगरपालिकाका ईन्जिनियरहरुले पुल निरिक्षण गरी पास समेत गरिसकेको बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीको कुईनी पुल निर्माणमा भ्रष्टाचार भएको स..." A few seconds ago

सम्बन्धित खवर