माघ ७, भाउन्ने । दोश्रो योङ्गस्टार ११ खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७८ खेल बेलबारी -८ ,गौथली चोक मोरङमा हुने भएको छ । खेल माघ ९ गते देखि शुरु भई माघ १६ गते समापन हुने छ । उक्त खेलमा ८ वटा टिमले बीच प्रतिस्पर्धा गर्नेछ।

खेलमा प्रथम हुने टिमले नगद रु ५१ हजार १ सय ५१ रुपए सहित ट्रफि, मेडल र प्रमाण पत्र , दोश्रो हुनेले रु ३१ हजार १ सय ३१ रुपए सहित ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजक योङ्गस्टार ११ फुटबल क्लबका अध्यक्ष जोन राईले शताब्दी न्युजलाई बताए । अध्यक्ष राईले विशेषगरी लागु औषध विरुद्ध जनचेतना तथा स्थानिय खेलाडी प्रोत्साहन गर्ने उधेश्यले यो खेल आयोजना गरेको सताब्दी न्युजलाई बताए। खेल सम्पन्न गराउन देश विदेशमा हुने युबा साथि भाईहरुले सहयोग गरेको र खेललाई प्रायोजक टुबोर्गले गरेको बताए।

खेल अवधीभर खेल हेर्ने सबै दर्शकहरुलाई माक्स अनिबार्य गरिएको छ । खेल हेर्न आउने दर्शकले खोप लगाएको कार्ड अनिवार्य ल्याउनेलाई मात्र मैदान भित्र बसेर हेर्न ब्यबस्था रहेको संयोजक सुरज कार्कीले बताए । यस्तै खेल मैदान छिर्ने प्रबेशद्वारमा साबुन पानी राखिने र हात धुएर मात्र प्रबेस गराउने कार्कीले बताए । उक्त खेल बेलबारी नगरपालिका वडा नं. ८ गौथली चोकको इम्ब्रियो खेल मैदानमा फुटबल हुनेछ । खेल ठिक २ :३० बजे शुरु हुने संयोजक सुरज कार्कीले शताब्दी न्युजलाई बताए ।