२३ हजार नमुना परीक्षण गर्दा १० हजार सात सय संक्रमित थपिए – Satabdi News

२३ हजार नमुना परीक्षण गर्दा १० हजार सात सय संक्रमित थपिए

७ माघ, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७०३ कोरोना संक्रमित थपिएका छन्। २३ हजार ९२ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। पिसिआर र एन्टिजेन विधिबाट क्रमशः १८ हजार ६१८ र चार हजार ४७४ नमुना परीक्षण गर्दा आठ हजार ८१५ र एक हजार ८८८ संक्रमित थपिएका हुन्।

यस अवधिमा तीन संक्रमितले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ। यसैगरी ७६६ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ। शुक्रबार देशभर तीन लाख सात हजार ४०१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "२३ हजार नमुना परीक्षण गर्दा १० हजार सात सय संक्..." A few seconds ago

सम्बन्धित खवर