प्रेमविबाह पछि हराएका हुम्लाको चन्द्रकामी भेटिए – Satabdi News

प्रेमविबाह पछि हराएका हुम्लाको चन्द्रकामी भेटिए

७ पौष, काठमाडौ । हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका चन्द्र कामी भेटिएका छन् । गएको मङ्सिर २९ गतेदेखि हराएका भनिएका उनी आज बुधवार बिहान भेटिएका हुन् ।

खार्पु प्रहरी चौकीको टोलीले उनलाई खार्पुनाथ गाउँपालिका–५ याङचुबजारमा फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिएका हुन ।

१९ वर्षका चन्द्रले मुगु सोरु गाउँपालिकाकी युवतीसँग गएको मङ्सिर ५ गते प्रेम विवाह गरेका थिए । त्यसपछि मङ्सिर २९ गते माइती पक्षले बोलाएको र चन्द्रेलाई कुटपिट गरी बेपत्ता पारेको चन्द्र कामीको परिवारको आरोप छ । आरोपपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले खोजी गर्न प्रहरी टोली खटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रेमविबाह पछि हराएका हुम्लाको चन्द्रकामी भेटिए" A few seconds ago

सम्बन्धित खवर