विद्यार्थीले सुसाइड नोटमा 'स्टप सेक्सुअल ह्यारेसमेन्ट' लेखेर गरिन् आत्महत्या – Satabdi News

विद्यार्थीले सुसाइड नोटमा ‘स्टप सेक्सुअल ह्यारेसमेन्ट’ लेखेर गरिन् आत्महत्या

६ पुस, चेन्नई । कक्षा ११ मा पढ्ने विद्यार्थीले सुसाइड नोटमा ‘स्टप सेक्सुअल ह्यारेसमेन्ट’ लेखेर आत्महत्या गरेकी छन्। चेन्नईको बाहिरी क्षेत्रमा बसोबास गर्ने यी विद्यार्थीले आफ्नै छतमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।

बिहानै उनका बुबा-आमाले छोरीको शवल झुन्डिएको अवस्थामा फेला पारेका थिए। लगत्तै प्रहरीको टोली आउर अनुसन्धानमा जुटेका थिए। प्रहरीले ती विद्यार्थीको कोठाबाट सुसाइट नोट फेला पारेका थिए।

सुसाइट नोटमा उनले हरेक आमा-बुबाले आफ्नो छोरालाई केटीहरुको सम्मान गर्न सिकाउनुपर्ने उल्लेख गरेकी छन्। उनले कुनै छरछिमेक वा शिक्षकको भरोसा नगर्न आग्रह गरेकी छन्। उनले एकमात्र सुरक्षित स्थान आमाको कोख भएको सुसाइड नोटमा उल्लेख गरेकी छन्।

सुसाइटको नोटको आधारमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको चेन्नई प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विद्यार्थीले सुसाइड नोटमा ‘स्टप सेक्सुअल ..." A few seconds ago

सम्बन्धित खवर