अमेरिकामा ओमिक्रोन संक्रमण बढेपछि क्रिसमसका कार्यक्रम रद्द गर्न डब्ल्यूएचओको आग्रह – Satabdi News

अमेरिकामा ओमिक्रोन संक्रमण बढेपछि क्रिसमसका कार्यक्रम रद्द गर्न डब्ल्यूएचओको आग्रह

६ पुस, न्यूयोर्क । अमेरिकामा ओमिक्रोनका संक्रमित रफ्तारमा बढ्दै गएको छ । यहाँ हरेक दिन यसका संक्रमित बढ्ने गरेका छन् । अमेरिकी प्रमुख संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले ओमिक्रोन संक्रमण थप सर्न सक्ने बताएका छन् । यसअघि पनि अमेरिकाको सेन्टर्स् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित ८ वटा देशमा यात्रा नगर्न सुझाव दिएका छन् ।

विश्वका अरु देशका तुलनामा अमेरिकामा ओमिक्रोन भाइरस निकै द्रूत गतिमा फैलिएको छ । गएको डिसेम्बर १ मा अमेरिकामा पहिलो संक्रमित देखिएकामा अहिले करिब ४८ राज्यमै यो संक्रमण फैलिसकेको छ । यता, ओमिक्रोन भेरियन्ट फैलिरहेका बेला जनस्वास्थ्य रक्षाका लागि भन्दै आफ्ना छुट्टी कार्यक्रमहरु रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस गेहब्रेयससले कठिन परिस्थिति भएकाले यस्तो निर्णय गर्न पनि पछि हट्न नहुने सुझाव दिएका छन् । उनले ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य पत्ता लागेको भन्दै यो क्रिसमसका बेला हुने ओहोरदोहोरले अझ धेरै असर गर्नेतर्फ सबैजना सचेत हुनुपर्ने बताए ।

क्रिसमसका बेला हुने यात्राले कोभिडको नयाँ भेरियन्ट झन् फैलाउने अमेरिकी विज्ञको भनाई पनि यसअघि नै आएको थियो । फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागू गर्नुका साथै नयाँ भेरियन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध पनि लगाइरहेका छन् ।

रासस–सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अमेरिकामा ओमिक्रोन संक्रमण बढेपछि क्रिसमसका कार..." A few seconds ago

सम्बन्धित खवर