३५ वर्षीय विद्यार्थी नेता गाब्रिएल बोरिक राष्ट्रपतिमा विजयी – Satabdi News

३५ वर्षीय विद्यार्थी नेता गाब्रिएल बोरिक राष्ट्रपतिमा विजयी

५ मंसिर, काठमाडौ । दक्षिण अमेरिकी देश चिलीकाे राष्ट्रपतिमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक विजयी भएका छन् ।

उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका हुन् ।

कास्तले मतदान केन्द्र बन्द भएको झण्डै डेढ घण्टाभित्रै आफ्नो हार स्वीकार गरेका हुन् । उनले हार स्वीकार गर्दा मात्रै आधा मतगणना भएको थियो ।

अधिकांश मतगणना भइसक्दा युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएर जीत हासिल गरेका छन् । कास्तले ४४ प्रतिशत मत पाएका छन् ।

सरकारविरोधी प्रदर्शनको पृष्ठभूमिमा आइतबार भएको चिलीको राष्ट्रपतीय चुनाव पछिल्लो केही दशक यताकै सबैभन्दा विभाजित परिवेशमा भएको चुनाव हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "३५ वर्षीय विद्यार्थी नेता गाब्रिएल बोरिक राष्ट्..." A few seconds ago

सम्बन्धित खवर