समाजबादी युबा संघ मोरंगमा सुशील कुमार यादव सर्बसम्मत चयन – Satabdi News

समाजबादी युबा संघ मोरंगमा सुशील कुमार यादव सर्बसम्मत चयन

बिराटनगर मोरंग। जनता समाजबादी पार्टी नेपालको देशैभरि संचालन गरिएको सुज अभियान अन्तर्गत आज बिराटनगरमा सम्पन्न भएको बृहत मोरंग जिल्ला युवा भेला तथा समायोजन कार्यक्रमबाट सुशील कुमार यादव सर्बसम्मत अध्यक्ष पदमा चयन भएका छन्। उपाध्यक्षमा क्रमस : देवेन्द्र प्रसाद यादव ,सुमन लिम्बु ,कादिर जिलामी ,यज्ञ ब श्रेष्ठ ,अनिल सरदार, सन्तोष तामाङ्ग र उदिजन मण्डल सर्बसम्मत चयन भएका छन्।सचिब पदमा इन्द्रेश राई र सह-सचिबमा नबिन मण्डल र लाल बाबु शाह चयन भएका छन् भने कोषाध्यक्षमा सशी राई सर्बसम्मत चयन भएका छन। समाजबादी युवा संघ मोरंगमा सुशिल कुमार यादवको अध्यक्षतामा ८१ सदस्यीय कमिटि गठन गरिएको छ।

सुशिल कुमार यादव र मोहम्मद साहिल खान

त्यसै गरि आज नै बिराटनगर महानगर पालिकाको समाजबादी युवा संघको अध्यक्षतामा मोहम्मद साहिल खान सर्बसम्मत चयन भएका छन। मोहम्मद साहिल खानको अध्यक्षतामा ६५ सदस्यीय कमिटि गठन गरिएकोछ।

देशको बैकल्पिक शक्तिको रुपमा उदाउदै गरेको जनता समाजबादी पार्टी नेपालको भातृ संगठन समाजबादी युबा संघमा नेतृत्व लिनकोलागि मोरंग जिल्ला भरिका सयौको संख्यामा युबाहरुको बाक्लो उपस्तिथी रहेको थियो। कार्यक्रममा मधेश – पहाडबाट दर्जनौको संख्यामा युवाहरु पार्टी प्रबेस गरेका थिए। उक्त कार्यक्रम जनता समाजबादी पार्टी नेपाल प्रदेस न १ प्रमुख प्रबिण चाम्लिङ्गको प्रमुख आतिथ्य तथा बिशिष्ठ आतिथि द्वय प्रदेश सामाजिक मन्त्रि जयराम यादव र समाजबादी युवा संघको केन्द्रिय अध्यक्ष योगेन्द्र राय यादव लगायत अतिथिहरुको उपस्तिथितिमा दिनेश शाहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम संचालन प्रदेस सदस्य त्रिलोचल गौतमले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजबादी युबा संघ मोरंगमा सुशील कुमार यादव सर्ब..." A few seconds ago

सम्बन्धित खवर