किरात राई यायोक्खा बेलायतको अध्यक्षमा चन्द्र बहादुर राई – Satabdi News

किरात राई यायोक्खा बेलायतको अध्यक्षमा चन्द्र बहादुर राई

२१ मंसिर, बेलायत । किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको आठौं महाधिवेशन, १७ बूँदे घोषणा पत्र जारीगर्दै सम्पन्न भएको छ । संयुक्त अधिराज्य बेलायतको ग्याम्बल्स लेन वकिङ स्थित किरात हाउसमा सम्पन्न भएको संस्थाको आठौं महाधिवेशनले चन्द्र बहादुर राईको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। ८३ वर्षिय पूर्खा लवजीज राईको प्रमुख आतिथ्यमा र किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका उपमहासचिव तथा अनुशासन विभाग प्रमुख श्री सुवास चन्द्र राई र किराबी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष रामचन्द्रराई विशेष अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । साथै किरात राई यायोक्खा बेलायतका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार पदम राई (BEM) लगायत सरोकारवाला बेलायतबासी किरात राईहरुको उक्त महाधिवेशनमा बाक्लो उपस्थिति रहेको थियो ।

किरात राई यायोक्खा बेलायतले संकल्प गरेको भाषिक संघात्मक संगठनात्मक संरचनाको भावना र मर्म अनुरुप गरिएको निर्वाचनमा, बेलायतमा रहनुभएका सबै भाषिक÷थरगत, संस्था अथवा समुदायबाट र किरात राई यायोक्खा बेलायतको सम्पूर्ण स्थानीय प्रारम्भिक
कार्यसमितिहरुबाट महाधिवेशन प्रतिनिधि (संघीय परिषद सदस्य) माग गरिएको थियो । निर्बाचन मण्डलले चन्द्र बहादुर राईलाई किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गरेको थियो। निर्वाचन समितिद्धारा घोषित अन्य निर्विरोध निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षहरु क्रमस; क्याप्टेन सुमन चन्द्रराई, जितेन्द्र साम्पाङ राई, मेजर दिल कुमार राई, निलम
राई र अनिता राई रहनुभएको छ । यसैगरी महासचिव पदमा चन्द्रवती राई, उपमहासचिवहरुमा ; प्रमिला लाबुब राई र विनोद राई, सचिवहरुमा रोजी राई, गंगाराज राई, गणेश चन्द्र राई, जय राई र सुमित्रा राई निर्वाचित हुनुभएको छ । यसैगरी कोषाध्यक्षमा धनराज राई, सह-कोषाध्यक्षहरुमा सावित्रा राई र डा. महा राई निर्वाचित हुनुभएको छ । निर्वाचित केन्द्रीय सदस्यहरुमा क्रमस राजेन्द्र राई, ध्यान बहादुर राई, भिम राई, खिलेन्द्र राई, धन राई, मिलनचन्द्र राई, रन्जना राई, डिल्लिकेशर राई, सप्तराज राई, डिल्लिराम राई, मन बहादुर राई, सन्देश राई, तिलक राई, प्रेम राई, जय प्रकाश राई (ए), जय प्रकाश राई (बि), प्रदिप राई र दिलिप राई रहनु भएको छ ।

किरात राई यायोक्खा बेलायतको नव निर्वाचित कार्यसमितिमा बहुभाषिक किरात राई जातिको बाह्र भाषिक÷थरगत संस्था अथवा समुदाय (चाम्लिब, साम्पाब, बान्तवा, कुलुब, थुलुब, दुमि, पुमा, नाछिरिब, बाहिब÷बायुब, कोयु÷कोयी, मेवाहाब र लुब्खिम) को आवद्धता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात राई यायोक्खा बेलायतको अध्यक्षमा चन्द्र बह..." A few seconds ago

सम्बन्धित खवर