भारतको कर्नाटक राज्यमा २ जना ओमिक्रोन संक्रमीत भेटियो – Satabdi News

भारतको कर्नाटक राज्यमा २ जना ओमिक्रोन संक्रमीत भेटियो

१७ मंसिर, काठमाडौ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भारतमा पनि पुष्टि भएको छ । भारतको कर्नाटक राज्यका २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । एक जना ४६ वर्षीय र अर्का एक जना ६६ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले ओमिक्रोनबाट संक्रमण भएकाहरूको सम्पर्कमा रहेकाको समेत परीक्षण गराइएको जानकारी दिए । उनीहरू सबैलाई आइसोलेसनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहचिव अग्रवालको भनाइ छ । उनले अन्य कोरोना भन्दा ओमिक्रोन भाइरसको असर ५ गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनु परेको स्पष्ट पारे ।

अहिले विश्वभरीका २९ देशमा ओमिक्रोनका संक्रमित भेटिएको र उनीहरुको संख्या अहिलेसम्म ३७३ जना पुगेको पनि उनले जानकारी दिए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रोन संक्रमण पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २५ मा पुष्टि भएको जनाएको छ ।

ओमिक्रोनलाई डब्लुएचओले उच्च सतर्कता अपनाउनुपर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरी नै सतर्कता बढाउन थालिएको छ । अहिले धेरै देशहरुले उडान तथा नाका बन्द गर्दै सतर्कताका थप प्रक्रिया सुरु गरेका छन् । अहिले विश्वभरका दर्जनौ देशहरुले सतर्कतासम्बन्धी विभिन्न उपाय अपनाएका छन् ।

रासस–एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भारतको कर्नाटक राज्यमा २ जना ओमिक्रोन संक्रमीत ..." A few seconds ago

सम्बन्धित खवर