जापानले ओमिक्रोन भेरियन्टलाई देखाउँदै एयरलाइन्सका सबै बुकिङहरु रद्द गर्दै – Satabdi News

जापानले ओमिक्रोन भेरियन्टलाई देखाउँदै एयरलाइन्सका सबै बुकिङहरु रद्द गर्दै

१६ मंसिर, काठमाडौ । जापानले ओमिक्रोन भेरियन्टका कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडानका बुकिङहरू रद्द गर्न भनेको छ । जापान प्रवेश गरेका केही व्यक्तिमा भाइरस पुष्टि भएपछि यस्तो निर्णय गरिएको हो । ‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसन रोक्न एयरलाइन्सहरूलाई आग्रह गरेका छौं’, जापानको यातायात मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताए, बुकिङ भइसकेकालाई भने यसले असर नपर्ने पनि उनले बताए ।

जापान सरकारले पहिले नै आफ्नो सीमा सुरक्षामा कडा गरिसकेको छ । १० वटा दक्षिण अफ्रिकी राष्ट्रहरूबाट आउने सबै गैर–नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । भाइरसको डरले दर्जनौं देशबाट आएका नागरिक र विदेशी नागरिकका लागि क्वारेन्टाइन उपायहरु पनि कडा बनाइएको छ । जापानी अधिकारीहरूका अनुसार ओमिक्रोनको दोस्रो केस बुधबार पेरुबाट आएका यात्रीमा पुष्टि भएको थियो । पहिलो केस, मंगलबार घोषणा गरिएको थियो । ती व्यक्ति नामिबियाबाट आएका थिए ।

रासस–एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जापानले ओमिक्रोन भेरियन्टलाई देखाउँदै एयरलाइन्स..." A few seconds ago

सम्बन्धित खवर