ओमिक्रोन संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाउने सरकारको निर्णय – Satabdi News

ओमिक्रोन संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाउने सरकारको निर्णय

१५ मंसिर, काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको सरकारका प्रक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नयाँ भेरियन्टका रुपमा पुष्टि भएको ‘ओमिक्रोन’ तीव्र फैलने र गम्भीर संक्रमण गराउने खालको भएको भन्दै विश्व स्वास्थ्य संगठनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण अफ्रिका, अष्ट्रेलिया, बेल्जियम, जर्मनी, हङकङ, नेदरल्याण्ड, बेलायतलगायत मुलुकमा नयाँ भेरियन्टका संक्रमित फेला परेका छन् ।

संक्रमण फैलन सक्ने भन्दै सरकारले अत्यावश्यक सावधानी अपनाएको छ । संक्रमण देखिएका मुलुकबाट आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्ने र होटल क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओमिक्रोन संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाउ..." A few seconds ago

सम्बन्धित खवर