रुसद्धारा ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु – Satabdi News

रुसद्धारा ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु

१४ मंसिर, काठमाडौ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ । केन्द्रका अधिकारीहरुले कोरोनाभाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन् ।

उनीहरुले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाडै नै हुने सक्ने विश्वास पनि व्यक्त गरेका छन् । ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने उनीहरुले बताएका छन् । अन्तर्राष्ट्रिय बजारलाई समेत पुग्नेगरी खोप उत्पादन गर्न सकिने उनीहरुको भनाई छ ।

रासस÷सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रुसद्धारा ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु" A few seconds ago

सम्बन्धित खवर