कोमल ओलीदेखि मोतीलाल दुगडसम्म अटाएको ओलीको कमिटिमा किन अटाएनन यी पूराना नेता ? – Satabdi News

कोमल ओलीदेखि मोतीलाल दुगडसम्म अटाएको ओलीको कमिटिमा किन अटाएनन यी पूराना नेता ?

१३ मंसिर २०७८, सोमबार। चितवनमा जारी नेकपा एमालेको महाधिवेशन नयाँ मोडमा प्रवेश गरेको छ । हिजो मध्यराती अध्यक्ष केपी शर्मा ओलीले १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रिय कमिटि घोषणा गरेका थिए । अध्यक्षमा आफूसहित बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम सिफारिस गरेका ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्षी शाक्य, सुरेन्द्र पाण्डे रामबहादुर थापा बादल, विष्णु पौडेल,सुवास नेम्बाङ, महासचिवमा शंकर पोखरेलको नाम सिफारिस गरेका थिए ।

यस्तै उपमहासचिवत्रयमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको र टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्याललाई सचिवका रुपमा सिफारिस गरेका थिए ।

ओलीले पूराना कम्युनिष्ट नेताहरु टंक कार्की,नरेश खरेलदेखि पार्टी विभाजन पछि एमाले नै रोजेका सुरेन्द्र मानन्धरहरुको नाम सो सूचीमा अटाएनन । जहाँ कोमल ओली,मोतीलाल दुगडहरु अटाए ।

यता जसमध्ये ओलीका पदाधिकारी सूचीमा नअटाएका भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा घनश्याम भुषाल र सचिवमा भीम आचार्यले उम्मेद्धारी दिएका छन् । केन्द्रीय निर्वाचन आयोगले संशोधन सहितको कार्यतालिकाअनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिने र बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोमल ओलीदेखि मोतीलाल दुगडसम्म अटाएको ओलीको कमिट..." A few seconds ago

सम्बन्धित खवर