कमलमा पालिकास्तरीय भलिबल खेल प्रतियोगिता हुने – Satabdi News

कमलमा पालिकास्तरीय भलिबल खेल प्रतियोगिता हुने

मंसिर ४, झापा  झापाको कमल गाउँपालिकामा प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता हुने भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको बारेमा आज शनिकार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि समितिले जानकारी गराएको हो ।

झापा जिल्ला भित्रका पालिका स्तरीय हुने उक्त प्रतियोगिता सफल बनाउन खेलकुद समिति सदस्य सुदिप थुलुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेलकुद समितिका सदस्य सचिव तथा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले बताए ।

मंसिर १४ गतेबाट १६ गते सम्म सो प्रतियोगिता केरखा खेल मैदानमा सञ्चालन हुने खेलकुद समिति सहसंयोजक तेज कुमार राईले बताए ।

झापा जिल्ला भरीका १५ वटै स्थानीय तहका खेलकुद समितिलाई निमन्त्रणा गरिएको संयोजक सुदिप थुलुङले बताए । ‘पालिका स्तरीय भएकोले खेलाडी पनि सोहि स्थानीय तह भित्रको नै हुनु पर्नेछ’, उनले भने ।

पत्रकार भेटघाट कार्यक्रम कमल गाउँपालिका खेलकुद समिति संयोजक तथा वडासदस्य चतुरभुज सुवेदिको अध्यक्षतामा भएको थियो । जसमा समितिक सहसंयोजक तेजकुमार राई, सदस्य सचिव सुर्य प्रसाद न्यौपाने, सदस्य सुदिप थुलुङ, शान्त कुमार राई भक्त मगर लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कमलमा पालिकास्तरीय भलिबल खेल प्रतियोगिता हुने" A few seconds ago

सम्बन्धित खवर