बेलबारीमा जसपाकाे जनजागरण सभा, उपेन्द्र यादवले सम्बाेधन गर्ने – Satabdi News

बेलबारीमा जसपाकाे जनजागरण सभा, उपेन्द्र यादवले सम्बाेधन गर्ने

कार्तिक २६, बेलबारी । जनता समाजवादी पार्टी, नेपालको संगठन सुदृढिकरण तथा जनजागरण अभियान (सुज अभियान) अन्तर्गत जनजागरण सभालाई सम्बाेधन गर्न पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव सहितका केन्द्रिय नेताहरु बेलबारी आउने भएका छन् ।

शनिबार पत्रकार सम्मेलन गर्दै बेलबारीमा हुन लागेको जनजागरण तथा पार्टी प्रवेश कार्यक्रममा यादव सहितका नेता सहभागी हुने जसपा नेपाल उत्तरी क्षेत्र आर्क माेरङले जानकारी गराएको हो । कार्यक्रम कात्तिक २९ गते सोमबार बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा हुने आयोजकले बताएको छ । उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष यादव, केन्द्रिय कार्यकारिणी सदस्य युवराज कार्की, केन्द्रिय सदस्य तथा प्रदेश नंम्बर १ का अध्यक्ष प्रविण चाम्लिङ, केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जयराम यादव लगायत सहभागी हुने बताईएको छ । पार्टीको संगठन सुदृढिकरण गर्दै मजवुत बनाउने र आफ्ना एजेण्डाहरु जनता माझ पुर्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना हुन लागेको आर्कका संयोजक केशरमान गुरुङले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै जसपाका केन्द्रिय सदस्य तथा शिल्पी विशेष प्रदेश समितिका अध्यक्ष दलमर्दन कामीले केन्द्र देखी स्थानीय तहसम्म पुर्ण समानुपातिक हुनु पर्ने धारणा राखेका छन् । त्यसैेगरी प्रदेश सदस्य केदार धिमालले अन्य पार्टिहरु भन्दा जसपा फरक विचार र आम जनताको मुद्धा बोकेको पार्टि भएको बताउदै यसलाई वैकल्पिक पार्टिको रुपमा निर्माण गर्ने अभियानमा रहेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा जिल्ला सदस्यहरु केशव थापामगर, मणि राई, शमशेर लिम्बू, माेरङ क्षेत्र नं. ३ का अध्यक्ष देउमान लिम्बू, समाजवादी युवा संघका प्रदेश सदस्य अमिर मगर लगायतकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा जसपाकाे जनजागरण सभा, उपेन्द्र यादवले ..." A few seconds ago

सम्बन्धित खवर