बेलबारीको सडकखण्ड मार्फत कार्य गर्दै अभिन्यता खेम गौतम – Satabdi News

बेलबारीको सडकखण्ड मार्फत कार्य गर्दै अभिन्यता खेम गौतम

कार्तिक २६, बेलबारी । बेलबारीको सडकमा भएका एम्बुस अथात खाल्डा माथि खाल्डा त्यो पनि अत्याधिक खतरापूर्ण खाल्डा लाई खेम गौतमले दुई दिनको अबधिमा बेलबारीको सडकका ६ सय बढी खाल्डा पुरेका छन् ।

बेलबारी पुर्ब पश्चिम लोकमार्ग अन्तर्गत बेलबारी नगरपालिका क्षेत्रभित्र पर्ने पश्चिममा किस्तीपुल र पुर्बमा चिसांग खोला सम्मको करिब १५ किलोमिटर सडकका बिचमा रहेका ६ सय बढी खाल्डा बेलबारीका सामाजिक अभियन्ता खेम गौतमले आफनै खर्चमा पुरेका छन ।

सडकका खाल्डामा परेर सडक जिर्ण हुँदा समेत सडक बिभाग र स्थानीय सरकारको नजर नपरेपछि गौतमले आफनै खर्चमा सो सडकका खाल्डामा गिटी र बालुवा हालेर पुरेका छन । बुधबार र बिहिबार गरी २ दिनको अबधिमा उनले करिब ६ सय बढी खाल्डा पुरेका छन ।

सडकका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको र कसैको ध्यान नगएपछि जिम्मेवार नागरिकका हिसावले आफुले सडकका खाल्डा पुरेको गौतमले शताब्दी न्युजलाई बताए । उनले यस्ता संबेदनशिल बिषयमा सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने र तत्काल सडकका खाल्डाखुल्डी पुर्नपर्ने र मर्मत गर्नु पर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीको सडकखण्ड मार्फत कार्य गर्दै अभिन्यता ख..." A few seconds ago

सम्बन्धित खवर