ढुकुरे युवा समूहले बिकाश बचाउन अभियानको लागी १ लाख २४ हजार, ८ सय पच्चास सहयोग – Satabdi News

ढुकुरे युवा समूहले बिकाश बचाउन अभियानको लागी १ लाख २४ हजार, ८ सय पच्चास सहयोग

कार्तिक २३, बेलबारी । बिकास कुमार गुरुङ बचाउ अभियान सहयोगार्थ देउँसी भैलो साङगितिक कार्यक्रम आयोजना गरेर बेलबारी-१, ढुकुरे युवा समूह परिवारले एक उदाहरणीय सामाजिक कार्य गरेका छन् ।अभियानबाट जम्मा नगद रु १ लाख २४ हजार ८ सय ५० रुपैयाँ आर्थिक रकम संकलन गरि बिरामीलाई रकम हस्तान्तरण गरेका छन् । समुहले बेलबारी-१ को पेन्टागनमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको हिसाब किताब सार्वजनिक गरेका थिए ।

सामाजिक सेवामा अग्रसर युवा समूहको संयोजक सुमन धिमाल लगायत साङगितिक समुहमा विकास लिम्बु, समिर दुमी राई,सुरज गुरुङ,दिपेन्द्र धिमाल,रोहन मास्के,सन्देश लाखे,संजय गुरुङ,संजित राई,साहिल राई,कुशल कार्की,करण गुरुङ साथै विशेष सहयोगीमा सेखर थापा,दुर्गे गुरुङ,सुदिप राई,सानु धिमाल रहेका थिए ।

बेलबारी नगरपालिका वडा-३ निवासी वर्ष ३५ का बिकास कुमार गुरुङ बिगत केही समय देखि “Duodenal mass with liver metastasis” अथात कलेजोको क्यान्सर भएको हुँदा पीडित गुरुङको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको थियोे । हाल बिरामीको उपचार भारतको डिल्लीमा भइ रहेको छ । गुरुङको यस्तो अवस्थामा ढुकुरे युवा समूह परिवारका संयोजक सुमन धिमालको नेतृत्वमा बिकास कुमार गुरुङ बचाउ अभियान सहयोगार्थ देउँसी भैलो साङगितिक कार्यक्रम आयोजना गरिएको थियो ।

प्रत्येक वर्ष देउँसी भैलो कार्यक्रम केवल सामुहिक मनोरञ्जनका लागि खेलिन्थ्यो भने यस वर्षको देउँसी भैलो कार्यक्रमलाई ढुकुरे युवा समूह परिवारका युवाहरुले रमाइलो गर्नका लागि मात्रै नभइ समाजिक सेवाका लागि गरेका छन् ।

कार्यक्रमका संयोजक सुमन धिमालले सहयोग गर्नु हुने सम्पूर्ण परिवार, साथीहरू, सहयोगी दातालाई हृदय देखि नै धन्यवाद व्यक्त गरेका छन् भने सामाजिक कार्यमा तपाई हामी सबै मिलेर प्रयत्नशील भई अगाडी बढनुका साथै सम्पूर्ण युवाहरुलाई सकारात्मक बाटो र समाज सेवामा अग्रसर हुन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ढुकुरे युवा समूहले बिकाश बचाउन अभियानको लागी १ ..." A few seconds ago

सम्बन्धित खवर