चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ को उपाधी हिमालयन शेर्पा क्लबले चुम्यो – Satabdi News

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ को उपाधी हिमालयन शेर्पा क्लबले चुम्यो

कार्तिक १७, बेलबारी । बेलबारी वडा नं ११ लक्ष्मीमार्ग स्थित प्रस्तावित रंगाशालामा जारी चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको फाईनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौ विजयी भएको छ ।

बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध जित हासिल गरेको हो । खेलमा हिमालयनले एपीएफविरुद्ध ३–१ को गोल अन्तरले विजयी भएका हुन् । खेल सुरु भएको ५ मिनेटमा हिमालयन शेर्पाका एन्जल गुरुङले गोल गर्दै अग्रता कायम गरेपनि ४३ मिनेटमा एपीएफका रबि थिङ्ले गोल गर्दै टिमलाई बराबरीमा उभ्याए ।

पहिलो हापमा रक्षात्मक देखिएको एपीएफ दोस्रो हापमा भने कमजोर देखियो । खेलको ७१ मिनेटमा हिमालयन शेर्पाका बिदेशी खेलाडी मुटुम्बाले र ८९ मिनेटमा सुरेश कुमालले १–१ गरि ३ गोल गर्दै टिमलाई विजयी भएका छन् ।

सशस्त्रले रारा प्रहरी क्लब राजारानीलाई र हिमालय शेर्पाले रोलिङ क्लब झापालाई हराउँदै फाइनलमा पुगेको थियो । उपाधिसंगै हिमालयनले नगद ५ लाख र उप-बिजेता एपीएफले नगद २ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । डागिहाट युथ क्लबको आयोजना गरेको गोल्डकपमा ८ टीम सहभागी थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीहरुलाई नगद र ट्रपी प्रदान गरिएको थियो । कुन खेलाडीले कति नगद र ट्रपी पाए यस्तो छ बिवरण;

१.म्यान अफ द म्याच हिमालयन शेर्पा संजित राई ५५००।
२.बेष्ट गोल किपर हिमालयन शेर्पा किशोर गिरी ११०००।
३.बेष्ट डिफेन्स हिमालयन शेर्पा एन्जल गुरुङ ११०००।
४. बेष्ट मिड सशस्त्र प्रहरी नबिन लामा ११०००।
५. बेष्ट फरवार्ड हिमालयन शेर्पा मुटुम्बा ११०००।
६. बेष्ट कोच हिमालयन शेर्पा युगल किशोर राई ११०००।
७. राईजिङ्ग प्लेयर्स डागीहाटा युथ क्लब रोहन कार्की ११०००।
८. हाई स्कोर सशस्त्र प्रहरी क्लाब आशिष लामा २१०००।
९. सर्बश्रेष्ट खेलाडी हिमालयन शेर्पा बिस्वास श्रेष्ठ ३१०००।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २..." A few seconds ago

सम्बन्धित खवर