कार्तिक १७, बेलबारी । जनता समाजबादी पार्टी नेपालले सुज अभियानको रुपमा संगठनलाई तीब्र रुपमा अगाडी बढाएको छ । यसै सुज अभियानको रुपमा बेलबारी नगरपालिकाले वडा नं ९ को नविनकुमार चाैधरीकाे अध्यक्षतामा २५ सदस्यीय समिती गठन गरिएको छ ।
सुज अभियानमा विभिन्न राजनीति पार्टीबाट परित्याग गरि दर्जनौं युवाहरु जसपा नेपालमा प्रबेश गरेका थिए । सुज अभियानको कार्यक्रममा प्रमुख अतिथि जसपा नेपाल केन्द्रीय सदस्य संजय सिंह, अन्य अतिथिहरुमा शम्भु चाैधरी, संघीय परिषद सदस्य तथा अध्यक्ष समाजवादी थारु संघ, केदार धिमाल, राकेश चाैधरी, शान्ता माेक्तान, कमल पाेख्रेल, मणीकुमार राई, डम्बर श्रेष्ठ, र विद्यार्थी नेता अशाेक राई सहभागी थिए ।
कार्यक्रमको सभापति नगर अध्यक्ष तिलक राईको अध्यक्षतामा भएको थिए भने कार्यक्रम संचालक नगर सचिब अमिर मगरले गरेका थिए ।