प्रदेश १ : ६ सदस्य मन्त्रीपरिषद विस्तार, को को बन्ने मन्त्री ? – Satabdi News

प्रदेश १ : ६ सदस्य मन्त्रीपरिषद विस्तार, को को बन्ने मन्त्री ?

कार्तिक १६, विराटनगर । प्रदेश नं. १ का नवनियुक्त मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राजेन्द्र राईले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो ।

४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका राईलाई प्रदेश प्रमुख प्यासीले केही बेरअघि नै मुख्यमन्त्री नियुक्त गरेका थिए । यस्तै मंगलबार मुख्यमन्त्री राईसहित अन्य ४ जना मन्त्री र १ जना राज्यमन्त्रीले पनि शपथ लिएका छन् । ५ दलीय गठबन्धनमा नेपाली कांग्रेसबाट २, जनता समाजवादीबाट १, नेकपा माओवादीबाट १ र संयुक्त लोकतान्त्रिक राष्टिय मञ्चबाट १ जनाले शपथ लिएका छन् ।

मुख्यमन्त्री राईले नेपाली कांग्रेस संसदीय दलका नेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गरेका छन् ।आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश १ : ६ सदस्य मन्त्रीपरिषद विस्तार, को को ..." A few seconds ago

सम्बन्धित खवर