एमाले अध्यक्ष ओलीले गरे ‘ग्यालेक्सी फोर के’ बहिस्कार – Satabdi News

एमाले अध्यक्ष ओलीले गरे ‘ग्यालेक्सी फोर के’ बहिस्कार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्यालेक्सी फोर के टेलिभिजनको कार्यक्रम बहिस्कार गरेका छन् । आज शुक्रबार शुभारम्भ भएको ग्यालेक्सीको कार्यक्रम उनले बहिस्कार गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा प्रमुख दलका सबै नेताहरूलाई बोलाइएको थियो । प्रमुख अथितिको रूपमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएको छ । त्यस्तै ठुला दलका प्रमुख नेताहरूलाई विशेष अथितिको रूपमा बोलाइएको थियो ।

देउवा कार्यक्रममा उपस्थित भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि कार्यक्रममा उपस्थित भएका छन् । त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि कार्यक्रममा उपस्थित भएका छन्। तर, एमालेका अध्यक्ष केपी ओली भने आएका छैनन् ।

यसबारे ओली निकट स्रोतलाई बुझ्न खोज्दा खबर आएको तर ओलीले म आउँदिन भनेर पठाएको पुष्टि भयो । स्रोतले भन्यो, ‘अध्यक्षज्यूलाई पनि विशेष अथितिको रूपमा बोलाइएको थियो तर उहाँले म आउदिन भन्नुभयो ।’

त्यसो त टेलिभिजनका प्रवन्धक रवी लामिछानेसँग एमाले अध्यक्ष ओलीको सम्बन्ध राम्रो नभएको चर्चा समेत चलेको थियो । ओली प्रधानमन्त्री हुँदा पटकपटक समय माग्दा पनि समय नदिएको भन्दै रवी आफैले सामाजिक सञ्जालमा लेखेका थिए ।

ग्यालेक्सी फोर के टेलिभिजन आजबाट प्रशारणमा आएको छ । सात महिना लामो समयदेखि तयारी गरिएको यो टेलिभिजनबाट रवी लामिछानेको चर्चित कार्यक्रम सिधा कुरा पनि प्रशारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एमाले अध्यक्ष ओलीले गरे ‘ग्यालेक्सी फोर के’ बहि..." A few seconds ago

सम्बन्धित खवर