पानीको बोटलमा ओलीको फोटो: ओली देवत्वकरण – Satabdi News

पानीको बोटलमा ओलीको फोटो: ओली देवत्वकरण

बेलबारी – नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा सुरु भएको छ। तीन दिनसम्म चल्ने यो महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो उद्घाटन गरेका हुन्।

पार्टीको आगामी नीति तय गर्ने विधान महाधिवेशनमा अध्यक्ष ओली निकै हावी देखिएका छन्। उनले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा मात्रै होइन सभास्थल बाहिर, भित्र र बाटोमा समेत जताततै ओलीमात्रै देखिन्छन्।

महाधिवेशन स्थलमा ओलीलाई देवत्वकरण गर्न कुनै कसर बाँकी राखिएको छैन। उनको फोटो स्ट्यान्डको रुपमा राखिएको छ। साथै, उनका फोटोहरु पनि राखिएका छन्। कतिसम्म भने, कार्यक्रमस्थलमा वितरण गरिएको पानीको बोलतमा समेत ओलीको फोटो राखिएको छ। त्यसो त, महाधिवेशनलाई लक्षित गरेर काठमाडौंका मुख्य सडकका पोलहरुमा ओलीको फोटोहरु राखिएका छन्। महाधिवेशनमा सहभागी हुन आएकाहरूले ओलीको त्यही डमीसँग उभिएर फोटो भिडिओ खिचिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पानीको बोटलमा ओलीको फोटो: ओली देवत्वकरण" A few seconds ago

सम्बन्धित खवर