"राजनीतिक फिल्डमा आएर देश र जनता संग जोडिएर काम गर्न चाहन्छु " नितु थापा कोइराला – Satabdi News

“राजनीतिक फिल्डमा आएर देश र जनता संग जोडिएर काम गर्न चाहन्छु ” नितु थापा कोइराला

उपसभापतिको उम्मेदवार : नितु थापा कोइराला

बेलबारी । नेपाली काँग्रेसको पार्टी यहि असोज १६ गते हुने नगर समितिको निर्बाचनका लागि कोईराला पक्षको उम्मेदवारहरु घोषणा गरिएको छ । उपसभापतिको उम्मेदवारमा कोइराला पक्षबाट एक महिला उम्मेदवार उठाएका छन्।

बेलबारी वार्ड न १ स्थायी बसोबास गर्ने नितु थापा कोइराला उपसभापति पदका उम्मेदवार हुन्। उनि एक चर्चित सामाजिक अभियन्ता तथा श्रमिक महिला समुह बेलबारीका अध्यक्ष पनि हुन्। उनको नेतृत्वमा धेरै सामाजिक कार्यहरु तथा महिला हरुको व्यक्तित्व बिकाशको लागि तालिमहरु पनि सम्पन्न भएका छन ।

“सानै देखि कांग्रेस पार्टी संग जोडिएको छु अब यस राजनीतिक फिल्डमा आएर देश र जनता संग जोडिएर काम गर्न चाहन्छु। म एक सक्षम महिला भएको कारणले महिला समाबेसीको रुपमा मलाई सबै साथी हरुले भोट दिएर जिताउनु हुन्छ भन्ने पूर्ण आशा लिएको छु, म कुनै गुट वा उप गुटको भएर चिनिनु भन्दा पनि म कांग्रेस भएर चिनिन चाहन्छु।” थापाले सताब्दी न्युजलाई बताए।

नेपाली काँग्रेस पार्टीको उम्मेदवारीहरुमा सभापतिमा छत्र लिम्बु,उपसभापतिमा प्रकाश चौधरी,नितु थापा,सचिबमा कुलप्रसाद बराल,सन्तोष भटराई र सहसचिबमा बदी बिष्ट र मनिल मोतेको उम्मेदवारी घोषणा गरिएको छ। सभापतिका उम्मेदवार क्षत्र लिम्बु तरुणदल क्षेत्र न ३ का अध्यक्ष पनि हुन्।

बेलबारीमा नगरका लागि २ सय ३० जना मतदाता रहेपनि पुर्वराज्यमन्त्री दिलिप गच्छदार र गत निर्बाचनमा प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका डा. सुनिल शर्माले भोट नहाल्ने स्रोत बताउँछन । त्यसो गर्दा नगरमा २ सय २८ जना मतदाता रहनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "“राजनीतिक फिल्डमा आएर देश र जनता संग जोडि..." A few seconds ago

सम्बन्धित खवर