सभापतिका उम्मेदवार क्षत्र लिम्बु
बेलबारी । बेलबारी १ स्थित नेपाली काँग्रेसको पार्टी कार्यलयमा यहि असोज १६ गते हुने नगर समितिको निर्बाचनका लागि कोईराला पक्षको उम्मेदवारहरु घोषणा गरिएको छ ।
नेपाली काँग्रेसको पार्टी कार्यलयमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सभापतिमा छत्र लिम्बु,उपसभापतिमा प्रकाश चौधरी,नितु थापा,सचिबमा कुलप्रसाद बराल,सन्तोष भटराई र सहसचिबमा बदी बिष्ट र मनिल मोतेको उम्मेदवारी घोषणा गरिएको छ। सभापतिका उम्मेदवार क्षत्र लिम्बु तरुणदल क्षेत्र न ३ का अध्यक्ष पनि हुन्। उनि बेलबारी नगरका युबाहरु बीच चर्चित र लोकप्रिय मानिन्छन।
सभापतिमा नगर सचिब राजेश खत्रीको समेत उम्मेदवारी रहेपनि बुधबार बिहान उनले कोईराला पक्षका उम्मेदवार लिम्बुलाई सघाउने प्रतिबद्धता सहित उम्मेदवारी फिर्ता लिएका छन ।खत्रीले सभापतिको दाबि छोडे संगै लिम्बुको सभापतिमा जित निश्चित भएको कोइराला पक्षको दाबि छ।
बेलबारीमा नगरका लागि २ सय ३० जना मतदाता रहेपनि पुर्वराज्यमन्त्री दिलिप गच्छदार र गत निर्बाचनमा प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका डा. सुनिल शर्माले भोट नहाल्ने स्रोत बताउँछन । त्यसो गर्दा नगरमा २ सय २८ जना मतदाता रहनेछन ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य डा. सुनिल शर्मा,नगेन्द्र जमरकटटेल,मानबहादुर लिम्बु,स्थानीय निर्बाचनमा बेलबारीका मेयरका उम्मेदवार राजकुमार लिम्बु लगायतका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका डा.शर्माले मोरङको क्षेत्र नम्बर ३ का पालिकाहरुमा कोईराला पक्षको जित निश्चित रहेको बताए । उनले केही समयमै पार्टीमा कुनै गुट नरहने र एउटै गुटमा सबै गोलबद्ध हुने बताए ।
कोईराला पक्षको उम्मेदवारहरु / फोटो : आशिष घले