प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित – Satabdi News

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित

११ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।

भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । तर धेरैजसो बैठक भने एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकझटाले सञ्चालन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित" A few seconds ago

सम्बन्धित खवर