टिपरको ठक्करबाट एकको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध – Satabdi News

टिपरको ठक्करबाट एकको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

११ असोज २०७८। सवारी दुर्घटनामा एकको मृत्यु भएपछि झापामा स्थानीयले पूर्व–पश्चिम राजमाग अवरुद्ध गरेका छन् । सोमबार बिहान प्रदेश नम्बर–०३–००१क ००९५ नम्बरको टिपरले  को.२च २६३२ नम्बरको हाथी गाडीलाई ठक्कर दिएको थियो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत माईधारमा टिपरले ठक्कर दिँदा हाथी गाडीको चालकको मृत्यु भएको थियो । मृत्यु हुनेमा गाडीचालक दमक– ९ का अन्दाजी ४० वर्षीष नेत्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

माईधारमा ट्राफिकको चेकिङमा ‘स्लो’ गर्ने क्रममा उक्त गाडीलाई टिपरले ठक्कर दिएको थियो । स्थानीयले ट्राफिकले गलत ठाउँमा चेकिङ गरेको भन्दै सडक अवरुद्ध गरेका छन् । उनीहरूले सडकमा टायर बालेर सडक अवरुद्ध गराएका हुन् । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "टिपरको ठक्करबाट एकको मृत्यु भएपछि पूर्व–पश्चिम ..." A few seconds ago

सम्बन्धित खवर