माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु – Satabdi News

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

११ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा सरकारका काम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने नेता गणेश साहले जानकारी दिए ।

माओवादी केन्द्रका अर्का एक नेताले भने सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल हुने बताए ।

यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझै पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली छिटो दिन नेताहरुलाई आग्रह पनि गरेका थिए । सत्ता गठबन्धनका नेताहरुले राजनीतिक दल सम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु" A few seconds ago

सम्बन्धित खवर