१० असोज, इटहरी । नेपाली काँग्रेस इटहरीको अध्यक्षमा हेमकर्ण पौडेल विजयी भएका छन् ।
यस १३ औ महाधिवेशनमा पनि केसीलाई पराजित गरेका पौडेलले १४ औं महाधिवेशनमा समेत २५३ मत ल्याएर पुन: विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी विकास केसीले २११ मत ल्याए । पौडेल र केसी दुवै प्यानल नै बनाएर चुनावमा होमिएका थिए । केसी शेरबहादुर देउवा गुटका हुन् भने पौडेल रामचन्द्र पौडेल गुटका हुन् ।
यता उपाध्यक्षमा हेमकर्ण प्यानलका कोबिद कार्की र विकास प्यानलका बालकृष्ण बिष्ट विजयी भए । सचिवमा बिकास प्यानलको मन्दिप भट्टराई र हेमकर्ण प्यानलका बिक्रम घिमिरे निर्वाचित भए ।
त्यस्तै सह सचिबमा हेमकर्ण पौडेल प्यानलका इश्वर तामाङ र बिकास प्यानलका मेनुका गिरी निर्वाचित भईन ।