नगर भेलाबाट सुदिप राई सर्वसम्मतबाट वाई सि यल नेपाल बेलबारीको अध्यक्ष पदमा चयन – Satabdi News

नगर भेलाबाट सुदिप राई सर्वसम्मतबाट वाई सि यल नेपाल बेलबारीको अध्यक्ष पदमा चयन

सुदिप राई संयोजक समिति

बेलबारी। बेलबारी १ को तामाङ्ग गुम्बामा नेकपा माओवादी केन्द्रका भातृसंगठन वाई सि यल नेपाल बेलबारीको नगर भेलाबाट सुदिप राईको संयोजकत्वमा ३६ सदस्यीय समिति गठन गरेका छन्। नगर भेलाबाट सुदिप राई सर्वसम्मतबाट अध्यक्ष पदमा चयन भएको हो।

उक्त भेलामा आमन्त्रित प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश १ का सह ईन्चार्ज अजमबर काँङमाङले सम्बोधन गर्दै युवाहरु उद्यमशीलता हुनुपर्छ ,जब सम्म युवा उद्यमशीलता हुदैन् तब सम्म त्यो मुलुकको कहिले पनि उन्नती नहुने बताए। काँङमाङले सम्बोधन गर्दै युवाहरु अब भष्ट्र शक्तिको विरुद्ध जुटनु पर्ने बेला आएको बताए।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य दिपक भट्टराई , वाई सि यलका केन्द्रिय सदस्य खगेन्द्र पराजुली लगाएत नेताहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नगर भेलाबाट सुदिप राई सर्वसम्मतबाट वाई सि यल ने..." A few seconds ago

सम्बन्धित खवर