रोमन वाम्बुलेको नेतृत्वमा प्रविन गिरी बचाउ अभियानमा नगद रु ७ लाख ५ हजार आर्थिक सहयोग – Satabdi News

रोमन वाम्बुलेको नेतृत्वमा प्रविन गिरी बचाउ अभियानमा नगद रु ७ लाख ५ हजार आर्थिक सहयोग

बेलबारी । सामाजिक काम गर्न पैसा मात्र हैन सहयोगी मन र भावना हुनु पर्छ। यस्तै बिगत केही बर्ष देखि सामाजिक संजाल फेसबुक मार्फत संगठित भएका युवा रोमन वाम्बुले राई समाजिक काममा निरन्तर सक्रिय भएर लागेका छन।

रोमन वाम्बुलेको नेतृत्वमा प्रविन गिरी बचाउ अभियानमा राईले जम्मा नगद रु ७ लाख ५ हजार आर्थिक सहयोग संकलन गरि बिरामीलाई रकम हस्तान्तरण गरेका छन।

बिगत लामो समय देखि दुबै मिर्गौला पीडित प्रविन गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गईरहेको अवस्थामा बेलवारीका युवा रोमन वाम्बुले राईको नेतृत्वमा प्रविन गिरी बचाउ अभियान संचालन हुँदै आईरहेका थियो। अब चाडै नै पीडित गिरीलाई मिर्गौला प्रत्यारोपणका लागि भक्तपुरको मानव अंग प्रत्यारोपणमा लैजाने अभियान्ता राईले शताब्दी न्युजलाई जानकारी दिए। पिडित प्रविन गिरी रंगेली मोरंग निवासी हुन् जो लामो समय देखि पैसा को अभाब मा उपचार हुन् नसकी घर मै बस्न बाध्य थिए। सहयोग पैसा थाप्दै सहयोगी दाताहरुलाई आखाभरि आँशु पार्दै भगवानले उहाहरुको कल्याण गरुन भन्दै प्राथना सम्म गरेका छन्। सताब्दी न्युजसंग कुरा गर्दै पिडित गिरीले अब यो पैसाले उपचार गरेर बाच्ने आशा पलाएको बताए।

पिडित प्रविन गिरी र रोमन वाम्बुले राई

सहयोग रकम अभियान्ता रोमन वाम्बुले राई, हाल हङकङ अवस्थित इरन बान्तवा राई साथै खोर्साने निवासी सरोज राईको सक्रियतामा रकम संकलन गरिएको हो।

प्रविन गिरी बचाउ अभियानका अगुवा राईले सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी दातालाई धन्यवाद व्यक्त गरेका छन् साथै सामाजिक कार्यमा लाग्दा खुट्टा तान्ने प्रवृत्ति रहेता पनि आफू प्रयत्नशील भई अगाडी बढ्ने र सम्पूर्ण युवाहरुलाई पनि सकारात्मक बाटोमा र सामाजिक कार्यमा अग्रसर हुन अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रोमन वाम्बुलेको नेतृत्वमा प्रविन गिरी बचाउ अभिय..." A few seconds ago

सम्बन्धित खवर