असोज ०४, बेलबारी । जनता समाजवादी पार्टी नेपाल मोरङ क्षेत्र न ३ को सुज अभियानको पहिलो बैठक सम्पन्न भएको छ । बैठक क्षेत्र न ३ को सुज अभियानका संयोजक केन्द्रिय सदस्य भरत दाहालको प्रमुख आतिथ्य तथा बिशिष्ठ अतिथि के.स .भुराज राई,लोकसागर साम्बा, केन्द्रिय सल्हाकार काजिमान राई लगायत नेताहरु प्रेम वनेम, केदार धिमाल, संजय राई, केशरमान गुरुङ, अजित धिमाल, केशब थापा मगर, मणि राई, अकिलमान राई, हरि लिम्बु, तिलक राई, कमल गुरुङ, आशिस गुरुङ, अशोक गुरुङको उपस्तिथी रहेको थियो ।
जसपाको केन्द्रिय कार्यक्रम ‘सुज अभियान’ अन्तर्गत यो कार्यक्रम भएको साथै क्षेत्र न ३ को सुज अभियान संचालन सचिबालय भूराज राईको संयोजकमा १३ सदसिय समिति गठन गरिएको प्रदेस सदस्य केदार धिमालले सताब्दी न्युजलाई बताए।जसपा नेपाल मोरंग क्षेत्र न ३ को अध्यक्ष देउमान लिम्बुको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।