नेपाल एकीकृत समाजवादी पार्टीले गर्यो बेलबारीमा युवा संघ नेपालको गठन:अध्यक्षमा हेमन्त गुरुङ चयन – Satabdi News

नेपाल एकीकृत समाजवादी पार्टीले गर्यो बेलबारीमा युवा संघ नेपालको गठन:अध्यक्षमा हेमन्त गुरुङ चयन

बेलबारी मोरंग। युवा संघ नेपाल बेलबारी नगर सम्मेलन आयोजक कमिटीको अध्यक्षमा हेमन्त गुरुङ चयन भएका छन् । बिहीबार बेलबारीमा भएको नेपाल एकीकृत समाजवादी पार्टीको युवा भेलाद्वारा हेमन्त गुरुङ अध्यक्षमा चयन भएका हुन ।सचिवमा कमल घतानी चयन भएका छन् ।

एकीकृत समाजवादीका नेता तथा पूर्व सांसद हर्कमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न युवा भेलाद्वारा १५१ सदस्य कमिटीको युवा संघ नेपाल बेलबारीको गठन भएको छ । के पी वोली संगको बिबाद बढे पछि नेकपा एमाले संग टुक्रिएर माधब नेपाल समुहबाट नया पार्टी नेपाल एकीकृत समाजबादी पार्टी दर्ता गरिएको हो।

कार्यक्रममा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य चन्द्र बहादुर गुरुङ, युवा संघ नेपाल स्थायी कमिटी सदस्य प्रेमराज भारती, केन्द्रीय सदस्य चरण गुरुङ, जिल्ला सदस्य बद्री अर्याल, भूपाल बस्नेत, अर्जुन गिरि, कमल कोइराला फडिन्द्र थापा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल एकीकृत समाजवादी पार्टीले गर्यो बेलबारीमा ..." A few seconds ago

सम्बन्धित खवर