आज – ३१ भाद्र २०७८ बिहिबारको राशिफल – Satabdi News

आज – ३१ भाद्र २०७८ बिहिबारको राशिफल

मेष । आज शुभकार्यमा मन जानेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्यमा सरिक भइनेछ र शुभ समाचारले मन पनि प्रसन्न रहनेछ ।

वृष । आज मनमा दुबिधा उत्पन्न हुनेछ अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ, आफन्तले पनि सकेको सहयोग गर्नेछन् ।

मिथुन । आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ ।

कर्कट । आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।

सिंह । आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कन्या । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

तुला । कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

वृश्चिक । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

धनु । विपरीत वर्षप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

मकर । आज सहकर्मीबाट विरोध आउन सक्छ । गलत निर्णय लिन पुगिएला । यात्रामा मालसामान पनि हराउन सक्छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

कुम्भ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

मीन । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज – ३१ भाद्र २०७८ बिहिबारको राशिफल" A few seconds ago

सम्बन्धित खवर