प्रधान सम्पादक बराललाई ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार’ – Satabdi News

प्रधान सम्पादक बराललाई ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार’

काठमाडौं, २३ साउन । झिल्को डटकमका प्रधान सम्पादक भवानी बराल ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)–२०७८’ बाट पुरस्कृत हुने भएका छन् । फोनिज अवार्ड २०७८’ र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’ छनौट समितिले बरालसहित आठ जना पत्रकारहरु पुरस्कारका लागि छनोट गरेको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय सचिवालय बैठकले पुरस्कार तथा सम्मानको छनौटका लागि समिति गठन गरेको र सो समितिले  पत्रकार र संस्थाको नाम छनौट गरी संघीय सचिवालयलाई बुझाएको महासचिव मनोज घर्तिमगरले बताए ।

‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) २०७७’ का लागि छापा माध्यमबाट आङदावा शेर्पा, रेडियोबाट मौसम रोकामगर, टेलिभिजनबाट कुमार यात्रु र अनलाइनबाट राजकुमार दिक्पाल छानिएका छन् ।

‘त्यसैगरी आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार –२०७८’ का लागि छापा माध्यमबाट तिलक पुन, रेडियोबाट रचना श्रेष्ठ, टेलिभिजनबाट इन्द्रजीत मुखिया र अनलाइनबाट भवानी बराल छनोटमा परेका हुन् ।

फोनिजको संघीय समितिले यसै वर्षदेखि स्थापना गरेको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’बाट कैलालीबाट प्रकाशित हुँदै आएको थारु भाषाको पत्रिका ‘पहुरा दैनिक’ र काठमाडौंबाट प्रकाशित हुने लिम्बू भाषाको पत्रिका ‘तान्छोपा मासिक’ संयुक्त रुपमा सम्मानित गर्ने भएको छ ।

अवार्डको पुरस्कार राशी जनही २० हजार बीस रहेको छ ।

फोनिज अवार्ड, फोनिज मातृभाषा पत्रकारिता सम्मान फोनिजको २२ औं स्थापना दिवसको अवसरमा साउन २७ गते काठमाडौंमा एक कार्यक्रमबीच वितरण गरिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रधान सम्पादक बराललाई ‘फोनिज राष्ट्रिय पत्रकार..." A few seconds ago

सम्बन्धित खवर