बेलबारीमा कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि, एक हप्ता सम्म लकडाउन – Satabdi News

बेलबारीमा कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि, एक हप्ता सम्म लकडाउन

बेलबारी । मोरङ जिल्लाको बेलबारी नगरपालिकामा भोलि २० गते बुधबार देखी २५ गते सम्म एक हफ्ता सम्म लकडाउन गरीने भएको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण समितिको बैठले कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि एक हप्ता सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

१९ गते राति १२ बजे देखी २५ गते राति १२ बजे सम्म कडा लकडाउन गर्ने समितिले निर्णय गरेको छ । लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्याआवश्यक सेवा बाहेकका सम्पुर्ण उद्योग,पसल,कलकारखाना, निजि तथा सरकारी कार्यालयहरु, र बैक बितिय सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ। लकडाउनको पालना गर्न गराउन समेत नगरपालिकाले नगरवासि हरुमा आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै जान..." A few seconds ago

सम्बन्धित खवर